कर्नाटकमा कक्षा 10 को परीक्षामा नेपाली छोरीको सफलता, राज्यमै पाँचौ भएपछि नेपालीहरु गौरवान्दित

बेंग्लोर, 13 अगस्त 2020
भारतमा एक नेपाली छोरीले कक्षा 10 को परीक्षामा उत्कृष्ट अंक ल्याएर राज्यमै पाँचौ स्थान हासिल गरेकी छिन । कर्नाटक राज्यमा गत सोमबार आएको कक्षा 10 नतिजामा नेपाली छोरी सपना सिंहले 99.36 प्रतिशन अंक ल्याएर राज्यमै पाँचौ स्थान हासिल गरेकी हुन । उनले कूल पूर्णाङ्क 625 मध्ये 621 अंक ल्याएकी हुन ।
बेंग्लोरको पीन्यास्थित श्री विद्या केन्द्रमा अध्ययनरत सपना सिंहले पुरै राज्यमा पाँचौ स्थान हासिल गरेपछि बेंग्लोरमा रहने नेपालीहरु हर्षित भएको बेंग्लोरका विद्यार्थी नेता मिनेष रावलले बताएका छन ।
पीन्याको औद्योगिक क्षेत्रमा एक कम्पनीमा काम गर्ने सपनाका बुवा अक्कल बहादुर सिंह छोरीको सफलताले उत्साहित छन । छोरीले गरेको प्रगतिले सारा दुःख बिर्सेको बुवा अक्कल बहादुर सिंहले बताउनुभयो । दार्चुला जिल्लाको मार्मा पाडपाडेका स्थायी वासिन्दा अक्कल बहादुर सिंह 20 वर्षअघि रोजगारीका लागि बेंग्लोर आएका थिए। उनले रोजगारीका लागि भारत आएका बेला छोरीले पाएको सफलता सम्पूर्ण नेपालीहरुका लागि प्रेरणा हुने बताएका छन ।
सपनाका बुवा आमा
उनले छोरी पढाई र अतिरिक्त क्रियाक्लापमा अब्बल भएको बताउँदै अहिले प्राप्त अंकबाट पनि खुशी नभएकाले पुनरमूल्याङ्कनका लागि आवेदन दिएको बताएका छन । अंग्रेजी विषयमा शत प्रतिशत हल गरे पनि 2 नम्बर कम आएकाले पुनरमूल्याङ्कनका लागि आवेदन दिएकोले प्रतिशत अझै बढ्न सक्ने बुवा अक्कलबहादुर सिंहले बताएका छन । उनले छोरी डाक्टर भएपछि नेपाल पर्किने पनि बताएका छन ।