अमेरिकी राष्ट्रपति चुनावको मतगणना अपडेट, वर्तमान राष्ट्रपति ट्रम्पभन्दा जो बाइडन अगाडी

अमेरिका, 4 नोभेम्बर 2020
अमेरिकामा मंगलबार सम्पन्न राष्ट्रपति चुनावको मतगणना जारी रहेको छ । आधाभन्दा बढी मतगणना सकिदा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अग्रतामा रहेका छन ।
५० वटा राज्यमध्ये ३८ वटाको नतिजा सार्वजनिक भइसक्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अग्रता कायम राखेका छन । अमेरिकी राष्ट्रपति चुनिन ५३८ इलेक्टोरल प्रतिनिधिमध्ये २७० सिट आवश्यक पर्छ। तर अहिलेसम्म बाइडनको पक्षमा २२३ सिट इलेक्टोरल कलेजका प्रतिनिधि प्राप्त भइसकेको छ। बाइडनलाई राष्ट्रपति चुनिनका लागि अब मात्र ४७ इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक पर्छ। यसैगरी रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले १३६ इलेक्टोरल प्रतिनिधि प्राप्त गरिसकेका छन्। उनलाई अब जितका लागि ९६ प्रतिनिधिको आवश्यक पर्छ। तर उनलाई ९६ सिट प्राप्त हुन मुस्किल देखिएको छ।
यसैबिच अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका उम्मेदवार जो बाइडेनले निर्वाचनमा विजयी दिशातर्फ गइरहेको विश्वास रहेको बताएका छन् । डेलवेरबाट सम्बोधन गर्दै बाइडेनले आफुहरु निर्वाचन जित्नेमा आशावादी रहेको बताउनुभयो। उहाँले हरेक मत र मतपेटिका नगनेसम्म यो प्रक्रिया नसकिने जिकिर गर्नुभयो ।