Trending News

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद फागुनमा नहुने

0 Shares

कास्की, 3 डिसेम्बर 2020

पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो। गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्र्तगत स्वीमिङ, सुटिङ र हकीबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन। स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हकीको लागि जग्गा खोज्ने कार्य भैइरहेको छ। खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताउनुभयो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पुर्वाधारका कारण खेल नरोकिने उहाँले स्पष्ट पार्नुभयो । यद्यपी खेल कहिले हुने भन्ने सम्बनधमा राखेपले छिट्टै निर्णय गर्नेपनि बताउनुभयो ।