Trending News

पत्रकारिताले समाजमा द्वन्द्व बढाएको भन्दै सञ्चारमन्त्रीद्वारा सचेत भएर काम गर्न पत्रकारहरुलाई आग्रह

0 Shares

काठमाण्डौ, 12 जनवरी 2021

संचार तथा सूचना प्रविधि मन्त्रि पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा मन्त्रि गुरुङले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । मन्त्रि गुरुङले समाचारको माध्यमबाट माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भैरहेको बताउनु भयो । अहिले पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभयो । सरकारले राम्रो  काम गरेपनि बिरोध नै गर्नु पर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनु पर्ने आवशाकता रहेको बताउनु भयो ।

राम्रो कामको प्रतिपक्ष दलले पनि प्रसंशा गर्ने गरेको भए पनि संचार जगत किन पूर्वाग्रही भएको भन्दै आश्चर्य ब्यक्त गर्नु भयो ।  मन्त्रि गुरुङ सँगको भेटमा काठमाडौँ शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।