परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय उच्चाधिकारीसित पनि भेट गर्ने, यस्तो छ, भारत भ्रमणको कार्यतालिका

काठमाण्डौ, 13 जनवरी 2021
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोली (बिहीवार) भारत भ्रमणमा जानुहुनेछ । परराष्ट्र मन्त्रालयले मन्त्री ज्ञवालीले 14 जनवरी देखि 16 जनवरीसम्म भारत भ्रमण गर्ने तालिका सार्वजनिक गरेको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार भ्रमणका क्रममा नेपाल–भारतको द्विपक्षीय सम्बन्धहरु, व्यापार, पारवहन,ऊर्जा, सीमा, कोरोना भाइरसमा सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायत विषयमा छलफल हुनेछ ।
भ्रमणका दौरान ज्ञवालीले भारतका उच्च तहका प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उक्त भ्रमणमा मन्त्री ज्ञवालीसहित भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतको सहभागिता रहने बताइएको छ । ज्ञवाली जनवरी 16 मा स्वदेश फर्कने कार्यक्रम छ।
नेपालमा राजनीतिक अस्थिरताका बिच नेपाल सरकारका परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।