अर्घाखाँची ढिकुरा रुपन्देही समाजको रक्तदान कार्यक्रम, महामारीमा पनि कयौंले गरे रगत दान

नेशनल लाईव सम्वाददाता, 19 फेब्रुअरी 2021
सामाजिक काममा अग्रसर अर्घाखाँची ढिकुरा रुपन्देही समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा सोचेभन्दा ठूलो संख्यामा रक्तदान भएको छ । अर्घाखाँची ढिकुरा रुपन्देही समाजको यो दोस्रो रक्तदान कार्यक्रम हो । गत वर्ष यसै फाल्गुण महिनाको ४ गते आयोजना गरेको कार्यक्रममा कुनै एक संस्थाबाट हुने रगत संकलनभन्दा तिनगुणा बढि रगत संकलन भएको थियो ।
यो वर्षपनि त्यसैको हाराहारीमा रगतको संकलन भएको समाजका अध्यक्ष राम प्रसाद पोख्रेलले बताउनुभयो ।
रेडक्रस सोसाईटी बुटवलको ब्लड बैंकमा राखिएको सो रक्तदान कार्यक्रममा समाजका सबै पदाधिकारी र सल्लाहकारहरु सहित साधारण सदस्यहरुको समेत उल्लेखनीय योगदान रहेको थियो । रक्तदान कार्यक्रम आयोजना गरेको कम समयमा सोचेभन्दा उत्कृष्ट रुपमा रक्दान–महादान एवं जीवनदानका लागि यति धेरै रगतको संकलन गर्न सकिएला भन्ने सोचिएको थिएन । कार्यक्रमका प्रमुख अतिथि धु्रबराज मरासिनीले भन्नुभयो ।
उहाँले अगाडी थप्दै भन्नुभयो, अस्ति छात्रवृत्ति जस्तो महान कार्यबाट रुपन्देही फर्कनु लगत्तै यसरी उल्लेखनीय रुपमा रक्तदान कार्यक्रम सम्पन्न गर्नु हाम्रो समाजका लागि थप प्रेरणा बन्दै गएको छ ।