Trending News

भारतमा बुस्टर डोज लगाएका पनि ओमिक्रोनबाट संक्रमित  

0 Shares

21 दिसम्बर 2021

विश्वभरमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण त्रास रहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि कतिपय देशले लकडाउन समेत घोषणा गरिसकेका छन् । हालसम्म विश्वभर ८९ देशमा ओमिक्रोन पुष्टि भइसकेको छ । भारतमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ । हालसम्म भारतमा १६१ जना ओमिक्रोनबाट संक्रमित भइसकेका छन् । जसमध्ये ५० जनाको लोकनायक अस्पतालमा उपचार गराइरहेका छन् । ओमिक्रोनको भेरियन्ट बढ्दै गर्दा पुर्ण खोप लगाएका पनि संक्रमित भएको जनाइएको छ । गएको हप्ता १२ जनामा संक्रमण पुष्टि भएको जसमध्ये तीन जना बुस्टर डोज लगाएको जनाइएको छ ।