Trending News

लता मंगेशकर कोरोना संक्रमित

0 Shares

11 जनवरी 2022

क्विन अफ मेलोडी भनिने लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ। हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छिन्, उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । हाल उनको आइसीयूमा राखेर उपचार भइरहेको छ । उनकी नजिककी आफन्त रच्नाले उनलाई कोरोनाको साधारण लक्षण देखिएको जनाएकी छिन् ।