Trending News

15 वर्षीया किशोरीलाई फकाएर भारत लैजान खोज्ने एक युवक पक्राउ

0 Shares

दिल्ली, 25 जनवरी 2022

अर्घाखाँची जाने भनेर 15 वर्षीया किशोरीलाई फकाएर भारत लैजान खोज्ने एक युवक वीरगन्जस्थित नेपाल-भारत सीमाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला स्थाई घर भई भारतको आसाम घर बताउने 28 वर्षीय राजु अधिकारी छन् । उनलाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेका माइती नेपालका सीमा पहरेदारहरूले सोमबार साँझ 4 बजेर 45 मिनेटमा शंका लागेर केरकार गरेपछि ती युवक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बैतडीको लिस्टी नगरपालिका–२ की 15 वर्षीया बालिका राधा (नाम परिवर्तन) लाई अधिकारीले फकाएर वीरगन्जसम्म ल्याएका थिए । माघ 7 गते घरबाट कपी किनेर आउँछु भनेर निस्केकी राधा त्यसपछि घर फर्किएकी थिइनन् । लामो समयदेखि मोबाइलबाट राधाको सम्पर्कमा रहेका राजुले आफ्नो घर अर्घाखाँची रहेको तथा नारायणघाटमा कपडाको पसल रहेको बताउँदै फोनबाटै प्रेम-जालमा पार्ने प्रयास गरेका थिए । त्यसपछि किशोरी राधा राजुको उच्का-हटमा परी घरबाट भागेर बैतडीको छतबाज चौराहा बजारसम्म आइपुगेकी थिइन् । सुरुमा आफ्नो घरमा बस्ने र पछि उमेर भएपछि विवाहसमेत गर्ने प्रलोभन राजुले राधालाई दिएका थिए । बैतडीमा एक रात होटेलमा बास बस्दा राजुले राधालाई जर्बजस्ती करणी प्रयाससमेत गरेको बुझिएको छ । प्रहरीका अनुसार बैतडीबाट आफ्नो घर अर्घाखाँची जाने भन्दै राजुले राधालाई वीरगन्जसम्म ल्याएका थिए । अधिकारीउपर मानव बेचबिखन मुद्दा चलाइएको र आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरिएको डिएसपी खनालले जानकारी दिए ।