२ महिना भित्रै विदेशमा रहेका नेपालीले आईपीओमा कोटा पाउने

काठमाडौं, 6 मई 2022
२ महिनाभित्रै विदेशमा रहेका नेपालीलाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले साधारण सेयर आईपीओमा कोटा दिने घोषणा गरेका छन् । काठमाडौंमा भएको पूँजीबजार सम्बन्धी सम्मेलनमा उनले विदेशमा रहेका नेपालीलाई कोटा दिनका लागि कार्यविधि बनिरहेको उनले बताए । यस्तै हमालले बुक विल्डिङ विधिबाट आईपीओ निकाल्ने कामलाई अब अगाडि बनाइने बताएका छन् । पारदर्शितामा कसैले प्रश्न उठाउने ठाउँ बाँकी नहुने गरी काम अघि बढाउन आफूले नेप्सेलाई निर्देशन दिइएको बताए । यसअघि बुक विल्डिङ मार्फत सेयर जारी गर्न सर्वोत्तम सिमेन्टले प्रक्रिया अघि बढाएको थियो ।
तर तत्कालीन बोर्ड अध्यक्ष र नेप्सेका कार्यकारी प्रमुखले नै सर्वोत्तमको सेयर किनेको भेटिएपछि बुक विल्डिङ प्रक्रिया नै अलपत्र छ । त्यसतर्फ इंकित गर्दै अध्यक्ष हमालले भने, ‘हामी चाहान्छौँ अब पहिलो बुक विल्डिङमा पारदर्शिताको प्रश्नै आउनु हुँदैन, रियल सेक्टरलाई हामी ल्याउछौँ ।’
‘मेरो कार्यकाल छोटो भएकोले मैले दिन गनेर काम गरिरहेकफ छु, म केही गर्न आएको हो ।’
आफू निजी क्षेत्रबाट नियामक निकायमा आएको भन्दै निजी क्षेत्रको विषयमा आफू सकारात्मक भएको बताए । प्रधानमन्त्री र अर्थमन्त्री समेत बजारको विकासका विषयमा सकारात्मक रहेकोले काम गर्न आफूलाई सहज रहेको समेत उनले बताए ।