Trending News

अवको निर्वाचनमा कांग्रेसको जीत सुनिश्चित भएको खड्काको दावी

0 Shares

काठमाडौं, 10 मई 2022

परराष्ट्रमन्त्री एवं कांग्रेसका नेता डा. नारायण खड्काले दुई दुई पटक संसद भंग गर्नेलाई जनताले विश्वास नगर्ने बताउनुभएको छ । मंगलबार उदयपुरमा आयोजित सभालाई सम्बोधन गर्दै खड्काले जनमतलाई कुल्चेर दुई दुई पटक संसद भंग गर्ने, कहिले कुन चिन्ह कहिले कुन चिन्ह लिएर जनतामा भोट माग्न आउनेहरुलाई जनताले विश्वास नगर्ने बताउनुभएको हो । उहाले जनताको अधिकार खोस्न खोज्नेलाई जनतासंग भोट माग्ने अधिकार नभएको जिकिर गर्नुभयो । उहाले भोट माग्न आउनेलाई किन भोट दिने भनेर मतदाताले सोध्नुपर्ने बताउनुभयो । उहाले अवको निर्वाचनमा कांग्रेसको जीत सुनिश्चित भएको दावी गर्नुभयो ।