Trending News

नेपाल आयल निगमको रुपन्देही भलवाडीस्थित डिपोमा रहेको दुईवटा ट्याङ्करमा आगलागी

0 Shares

रुपन्देही, 27 मई 2022

नेपाल आयल निगमको रुपन्देही भलवाडीस्थित डिपोमा रहेको दुईवटा ट्याङ्करमा आगलागी भएको छ । तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो । आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट ट्याङ्करका दुई जना सामान्य घाइते भएका छन् । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।