Trending News

नेपाली कांग्रेसका नेताहरु देशभर तालमेलको पक्षमा

0 Shares

काठमाडौं, 8 अगस्त 2022

नेपाली कांग्रेसका नेताहरु देशभर तालमेलको पक्षमा देखिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।

‘कसले कति सिट पायो भन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्छ भन्ने मत छ’, एक नेताले भने ।

बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने यसबारे केही बोलेनन् । नेताहरुले भने २०७४ को चुनाव र वैशाख २०७९ मा भएको स्थानीय चुनावलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए ।