Trending News

आन्दोलनको मुख्य शक्ति नेकपा एमाले नै भएको शंकर पोखरेलको दाबी

0 Shares

काठमाडौं, 30 सितंबर 2022

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा एमाले नै भएको दाबी गरेका छन्।  काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कम्युनिष्ट पार्टी निर्माणका लागि सबै कम्युनिष्ट कार्यकर्ता एमालेमा समाहित हुनुपर्ने बताए।

गत स्थानीय निर्वाचनले नेपालको मुख्य पार्टी कुन हो भन्ने निर्क्यौल गरिदिएकाले कोही पनि अन्य पार्टीमा अलमलिनु नपर्ने पोखरेलले बताए।

उनले भने, ‘मुलुकको सबैभन्दा ठूलो पार्टी भएर पनि हाम्रो पार्टीलाई षडयन्त्रपूर्वक सरकारबाट बाहिर राख्ने काम भएको छ। यो षडयन्त्रलाई आगामी निर्वाचनबाट पराजित गरी एमाले सरकार गठन गर्ने गरी विजय प्राप्त गर्नतर्फ लाग्नुपर्छ।’