Trending News

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले शपथ लिए

0 Shares

काठमाडौं, 1 अक्टूबर 2022

नेपालका लागि आगामी अमेरिकी राजदूतको रूपमा नियुक्त भएका डिन थम्प्सनले शपथ लिएका छन् । नेपालस्थित् अमेरिकी दूतावासले आफ्नो फेशबुक पेजमार्फत सो कुराको जानकारी गराएको छ । हालका राजदूत र्याण्डी डब्लु. बेरी आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका छन् । उनले यसअघि नै नेपालका विभिन्न व्यक्तित्वहरुसँग विदाई भेटवार्तासमेत गरेका छन् ।