ओलीले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा रावलको आक्रोश

काठमाडौं, 13 अक्टूबर 2022
एमालेका नेता भीमबहादुर रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा रावलले पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले अन्यायपूर्ण, स्वेच्छाचारी निर्णय गरिरहेको भन्दै कडा आलोचना गरेका छन् ।
रावले भने, ‘मसँग नसोधी, पार्टीमा योगदान नगरेको व्यक्तिलाई टिकट दिने अध्यक्षको काम स्वेच्छाचारी, अन्यायपूर्ण छ। मलाई सुनियोजित रूपमा उम्मेदवार नबन्ने भन्ने प्रचार गरियो। एकल सिफारिस हुँदा पनि मलाई षड्यन्त्र तवरले रोक्ने काम भयो।’
‘मलाई हराउन नसक्ने भएपछि टिकट नै दिइएन। जुन कुरा जनता र कार्यकर्तालाई मन परेको छैन’ ।
आफूलाई टिकट नदिएको कुरा जनता र कार्यकर्तालाई मन नपरेको नेता रावललको भनाइ छ।