Trending News

राप्रपा र जसपा जोगाउने दायित्व पनि एमालेको हो: ओली

0 Shares

काठमाडौं, 20 अक्टूबर 2022

एमाले अध्यक्ष केपी ओलीले ४ मंसिरको चुनावपछि पनि राप्रपा र जसपालाई जोगाउने दायित्व एमालेको भएको बताएका छन् ।  झापाको दमकमा आज भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो चुनावी तालमेल चुनावसम्मलाई मात्र होइन, चुनावभन्दा पछिसम्म हो । सरकार बनाउँदा पनि उहाँहरूलाई हामी साथै लिएर जान्छौँ । किनभने उहाँहरूलाई एमालेको साथ किन लागिस् भनेर पनि हमला गर्न सक्छन् । त्यसबाट उहाँहरूलाई हामीले जोगाउनुपर्छ । हामीले उहाँहरूको साथ लिएका छौँ, साथ दिएका छौँ ।’ ४ मंसिरको निर्वाचनपछि राप्रपा र जसपालाई साथै लिएर एमाले नेतृत्वमा सरकार बनाउने उनको भनाइ छ । उनले झापामा राप्रपाले एमालेलाई पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे ।  ‘हामी प्रतिनिधिसभामा झापा ३, प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (ख) र ४ (ख) मा राप्रपालाई सहयोग गर्छौँ,’ उनले भने, ‘अन्य ठाउँमा प्रत्यक्षमा राप्रपाले हामीलाई साथ दिन्छ । समानुपातिकमा आफ्नो–आफ्नो ठाउँमा भोट हाल्छ ।’