Trending News

संकेत बुझ्ने कि नाई प्रधानमन्त्री ज्यु ?

28 Shares

एक पछि अर्को काण्डमा मच्चिदै आएको वर्तमान सरकार फेरि थप नयाँ संकटमा परेको छ । यो रडाको भ्रष्टाचारको नभई प्रधानमन्त्रीले जन्मदीनको दिन काटेको नेपालको नक्सा भएको केकलाई लिएर उठेको छ । विरोधीले यसलाई हतियार बनाएर सरकारको मात्रै नभएर प्रमको सम्म सत्तोसराप गरि रहेका छन् ।

केक को प्रतिकात्मक प्रधानमन्त्रीले नेपाल राष्ट्रलाई नै काटेको आसयका तथ्य र समाचारहरु विरोधिपक्षले व्यक्त गरिरहेको छ । हो विरोधपक्षको काम सरकारको गलत निति–नियमको विरोध गर्नु र राष्ट्रको पक्षमा सकारात्मक विचार प्रवाह गर्न हो । तर उल्टो भैरहेको छ । विपक्षको नकारात्मक राजनितिले राष्ट्रलाई उल्टो दिशा तिर धकेल्न लागेको छ । राजनितिमा हरेक नाफा–नोक्सानमा तौल्ने दलको व्यवहारले देश र जनतामा के संन्देश गई रहेको छ ? युवाहरुले राजनितिलाई कसरी बुझ्न थालेका छन् ? यो कुराले भविष्यको राजनितिलाई संन्देह र शंकाको घेरामा पुर्याउन थालेको छ । आज स्थिति यो छ कि नेता भन्ने वित्तिक्कै आँखा अगाडी भ्रष्टाचारीको छवि आउँछ । जति ईमान्दार र सफा चरित्रको व्यक्ति भए पनि नेता भन्ने वित्तिकै उसको सम्पुर्ण चरित्रनै शंकाको घेरामा पुग्दछ । राजनितिलाई यति घृणीत स्तरसम्म पु¥याउनमा राजनेताहरुकै हात छ भन्दा अतिश्योक्ति नहोला । यहि फोहरी राजनितिको क्रिया चरित्रले जन्मदिन जस्तो खुसीको मौका पनि राजनितिको सीकार बन्यो, अर्को तर्फ सत्ताधारीहरुले पनि गल्तिमाथि गल्ति दोह्याउँदै गएका छन् । एक काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आईहाल्छ, मानौ ‘तँ बढि खान्छस कि म’ भन्ने प्रतिस्पर्धा नेताहरु बीच चलिरहेको छ । यस्तो गञ्जागोल अवस्थामा नेपालको आकृतिको केक काट्नाले आगोमा घिउ थप्ने काम गरेको छ । पहिले आर्थिकरुपले गलत मानिएका नेताहरु यो घटना पश्चात नैतिक रुपले पनि पंगू रहेको सिद्व गर्यो । सरकार र सरकारका ओहदावालाहरुलाई यति पनि नैतिकता रहेन कि आमाको चित्रलाई छुरीले काट्न मिल्छ कि मिल्दैन ? नेपाल आमाका सन्तान हौं, हामी भन्ने अनि तेसै आमाको आकृतिलाई छुरीले काट्ने ? सत्ताधारी दलहरुले विपक्षले नाहकमा हो हल्ला गरेको भन्छन्, तर नैतिकरुपमा आफुबाट गल्ति भयो भनि स्विर्कान नसक्नु के सत्ता पक्षको पनि कमजोरी होइन र ? समयको यो बेलैमा सबैलाई चेतना भया ।