Trending News

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार रानीपोखरी कर्नर टिम र सातदोबाटो फुटबल क्लबले विजयी

0 Shares

काठमाण्डौँ, 13 मार्च 2020

राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार रानीपोखरी कर्नर टिम (आरसीटी) र सातदोबाटो फुटबल क्लबले जित हात पारेका छन। ललितपुर सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले ब्वाईज युनियन क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चौथो चरणको यात्रा पार गरेको छ। लिग अन्र्तगत शुक्रबार नै सम्पन्न दिनको दोस्रो खेलमा आरसीटीले मध्यपुर युथ एसोसियनविरुद्ध ३–० को सहज जित निकाल्न सफल भएको छ।

सातदोबाटोले सुरुआतबाट दबाबमा राख्दा दिनेश राईले पहिलो हाफको १४औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। जितसँगै सातदोबाटो बी डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। जितसँगै सातदोबाटो ५ खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा उक्लिएका हो।

दोस्रो खेलमा अजित गुरुङको ह्याट्रिक मदतमा आरसीटीले मध्यपुरविरुद्ध शानदार जित निकाल्न सफल भयो। एक तर्फी जस्तो खेलमा अजितले खेलको सातौं, ४९ औ, र ९० औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।

पहिलो जित निकालेको आरसीटीको भने ५ अंक सहित सातौं स्थानमा रहेको छ। यता, दोस्रो हार ब्यहोरेको ब्वाईज युनियन ५ खेलबाट ७ अंक सहित तालिकाको पाचौं स्थानमा र चौथो हार ब्यहोरेको मध्यपुर १ अंकका साथ तालिको पुछारबाट दोस्रोमा रहेको छ।