Trending News

भारतको बेङ्लोरमा पानी टेङ्करको ठक्करबाट 2 नेपालीको मृत्यु

5K Shares

नयाँ दिल्ली डेस्क, 16 मई 2020

भारतको कर्नाटक राज्यको बेङ्लोरमा पानी टेङ्करको ठक्करबाट 2 जना नेपालीको मृत्यु भएको छ। हिजो राति आफन्तलाई भेटेर ड्यूटी जाने क्रममा कञ्चनपुर जिल्ला महेन्द्रनगर निवासी मन्दिरे बोहराका 25 वर्षीय छोरा हरिश बोहरा र कैलाली जिल्ला गौरीगंगा नगरपालिका 4 राजिपुर निवासी नरबहादुर शाहीका 22 वर्षीय छोरा निरज शाहीको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलमा सवार उनिहरूलाई विपरित दिशाबाट आईरहेको पानी टेङ्करले ठक्कर दिँदा सो दुर्घटना भएको हो। ठक्कर दिने टेङ्करका चालक फरार रहेका छन्।

मृतक दुवै जना बेङ्गलोरको राममुर्तीनगरस्थित एक अपार्टमेन्टमा सुरक्षा गार्डको रूपमा कार्य गर्दै आएका थिए। लकडाउन भएपनि उनिहरूको काम भने जारी रहेको थियो। मृतकका परिवारवाई आवश्यक सहयोग गर्ने उनिहरू काम गर्ने अपार्टमेन्टका साहुले आश्वासन दिनुभएको छ।

मृतक दुवै जनाको अन्तिम संस्कार गरिएको डिल्ली राज सापकोटा जानकारी दिनुभएको छ।