Trending News

नेपाली कलाकार सभ्यता गिरी हिन्दी म्युजिक भिडीयोमा, आजै युट्युबमा सार्वजनिक

53 Shares

नयाँ दिल्ली, 22 जुन 2020

नेपाली कलाकारहरुले पछिल्लो समय अन्तर्राष्ट्रीय मञ्चहरुमा पनि निकै चर्चा बटुलिरहेका छन । आफुभित्रको प्रतिभाले उनिहरुले आफुलाई स्थापित गर्ने मौका त मिलिरहेको छ, साथै देशलाई चिनाउने मौका पनि पाइएको छ । यस्तै एक नेपाली कलाकार भारतीय पर्दामा पनि अगाडी बढिरहेकी छिन । नेपाली कलाकार सभ्यता गिरीले भारतमा पनि आफ्नो प्रतिभाको चर्चा बटुलिरहेकी छिन ।

उनले अभिनय गरेको एउटा हिन्दी म्युजिक भिडीयो आज मात्र युट्युबमा सार्वजिनिक भएको छ ।

” पसंद आया ” नामको सो गीतमा भुषण पटेलको साथमा सभ्यताको राम्रो अभिनय देख्न सकिन्छ ।

सो म्युजिक भिडीयोलाई भारतको प्रसिद्ध म्युजिक कम्पनी जी म्युजिक कम्पनीले उक्त गीतलाई सार्वजनिक गरेको छ ।

ए आर प्रोडक्सनको निर्माणमा बनेको सो भिडीयोलाई अजित गाडेले कोरियोग्राफ गरेका छन । प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द संगित रहेको उक्त गीतलाई आनन्द राउतले निर्देशन गरेका छन ।