Trending News

बंगलादेशमा 2 वटा पानी जहाज ठोक्किएर भएको दुर्घटनामा 23 जनाको मृत्यु, दर्जनौं बेपत्ता

109 Shares

एजेन्सी, 29 जुन 2020

बंगलादेशको राजधानी ढाकामा पानी जहाज डुब्दा 23 जनाको मृत्यु भएको छ भने दर्जनौ बेपत्ता भएका छन । उद्धार दलका अनुसार ढाकामा एउटा पानी जहाज अर्को जहाजसँग ठोक्किएपछि डुबेको हो । डुबेको पानी जहाजबाट अहिलेसम्म 23 जनाको शव बरामद गरिसकेको उद्धारकर्मीले जनाएका छन । जहाजमा कम्तिमा 50 जना सवार रहेको जानकारी पाइएको छ ।