Trending News

भारतको बेङ्गलोरमा कोरोनाले थप एक नेपालीको मृत्यु, बझाङका एक नेपालीको गयो ज्यान

15K Shares

बेङ्गलोर, 27 जुलाई 2020

भारतमा फेरि एक नेपाली नागरिकको कोरोना महामारीका कारण ज्यान गएको छ । कर्नाटका राज्यको बेङ्गलोरमा लामो समयदेखि बस्दै आउनुभएका कृष्ण बहादुर रोकाया (rocky) को सोमबार उपचारकै क्रममा निधन भएको हो । करिब 54 वर्षका रोकाया सुदुरपश्चिम् प्रदेशको बझाङ जिल्ला अन्तर्गत दुर्गाथली गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन ।

रोकायालाई गत 18 जुलाईका दिन कोरोना परीक्षण गरेपछि 20 तारिकमा रिपोर्ट पोजेटिभ आएको थियो र सोही दिन उनलाई बेङ्गलोरको एक अस्पतालमा भर्ना गरिएको थियो । रोकायाको दुवै मृगौलामा समस्या भएका कारण उनको हप्ताको 2 पटक डाइलासिस पनि हुँदै आएको थियो । बेङ्गलोरका एक विद्यार्थी नेताका अनुसार करिब एक हप्ताअघि कोरोना संक्रमित रोकायाले स्वास्थ्य अवस्थामा सुधार महसुस गरिरहेको बताएका थिए । भोली उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने सम्भावना रहेको थियो । तर सोमबार मध्यान्ह उनको अस्पतालमा निधन भएको हो । हिजो राति भएको कुराकानीमा उनले सबै कुरा ठीक भएपनि श्वासमा समस्या भएको बताएका थिए ।

जानकारीका अनुसार रोकाया बेङ्गलोरमा फार्मा कम्पनीमा मार्केटिङ म्यानेजरका रुपमा काम गर्दै आएका थिए । मृगौला विरामी उनले हप्ताको 2 दिन डाइलासिस गराउँदै आएपनि उनले सबै काम गर्दै आएका थिए । उनको निधनसँगै बेङ्गलोरमा अहिलेसम्म सम्पर्कमा आएका मध्ये 2 जनाको कोरोनाका कारण मृत्यु भएको छ भने 4 जना संक्रमित भएकोछ ।