Trending News

लेबनानमा शक्तिशाली विष्फोटमा 78 जनाको मृत्यु, करिब 4 हजार जना घाइते, 2 हप्ताको संकटकाल घोषणा

38 Shares

लेबनान,  5 अगस्त, 2020

लेबनानको राजधानी बेरूतमा मंगलवार शक्तिशाली विष्फोट हुँदा 78 जनाको मृत्यु भएको छ भने करिब 4 हजार जना घाइते भएका छन । समाचारमा जनाइए अनुसार शहरको कयौं भवनहरु क्षतिग्रस्त भएका छन । यो घटनासँगै लेबनानका राष्ट्रपतिले बेरूतमा 2 हप्ताको संकटकाल लागु गर्नुभएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार लेबनानका स्वास्थ्य मन्त्रीले 78 जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबवे बन्दरगाहमा 2750 टन अमोनियम नाइट्रेट विष्फोट भएको बताउनुभएको छ । विष्फोट शहरको बन्दरगाह क्षेत्रमा भएको भनिएको छ । विष्फोचका कारण पुरै शहरमा फुटेका सिसा फैलिएका छन । विष्फोटका कारण लेबनानको प्रधानमन्त्री कार्यालयमा पनि क्षति पुगेको छ ।

अर्कोतर्फ संयुक्त राष्ट्रका प्रवक्ता फरहान हकले विष्फोचको कारणबारे स्पष्ट हुन सकेको छैन ।

जानकारीका अनुसार विष्फोटमा कयौं शान्ति सैनिकहरु पनि घाइते भएका छन । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ । घटनापछि अमेरिका, फ्रांस र रुस जस्ता देशहरुले सहयोग गर्ने आश्वासन दिएका छन ।