Trending News

सुनको भाउ 1 लाख 1 हजार पार, सुनमै लगानी गर्नेको संख्या बढ्दा मूल्य बढ्दै

55 Shares

काठमाडौं,  5 अगस्त, 2020

लक डाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख नाघेको छ । नयाँ रेकर्ड कायम गर्दै आज सुनको भाउ प्रति तोला १ लाख १ हजार ४ सय पुगेको हो । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले  मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बर्जाचार्यले विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्न जाँदा मूल्य वृद्धि भएको बताउनुभयो । विश्वका ठूला बैंकहरुमा निक्षेप जम्मा भएको अवस्थामा लगानीकर्ताहरुले सुनबजारलाई सुरक्षीत क्षेत्रको रुपमा अंगाल्दै लगानी बढाएको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ । महासचिव बज्राचार्यका अनुसार केही दिनभित्रै सुनको भाउ नेपालमा १ लाख ३० हजारसम्म पुग्ने आँकलन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा २३ सय देखि २५ सय डलरसम्म सुनको मूल्य पुग्ने आँकलन विज्ञहरुले गरेका छन ।गतवर्ष साउन २१ गते तोलाको ६८ हजार रुपैयाँमा कारोबार भएको भएको थियो । आज सुन एक वर्षपछि तोलामा ३३ हजार ४ सयले बढेको हो । सुनको मूल्य अत्याधिक बढेपछि किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको व्यवसायीहरुको भनाई छ । बुधबार विश्व बजारमा प्रति आउन्स २ हजार ५५ डलरमा कारोबार भइरहेको छ ।