Trending News

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

14 Shares

काठमाडौं 19 अगस्त 2020

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बुधबार राष्ट्रपति घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उहाँको अन्त्येष्टि गरिएको हो। त्यसअघि राष्ट्रकविको निवासमै पुगेर उपप्रधनमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा आढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईसहित विभिन्न मन्त्रीहरुपनि उहाँको निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतका व्यक्तित्वपनि श्रद्धाञ्जली अर्पण गर्न उहाँको निवास कपुरधारा पुग्नुभएको थियो । उहाँको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।