Trending News

भारतमा आजकै दिन नेपाली भाषाले मान्यता पाएको थियो, आज 29 औं नेपाली भाषा मान्यता दिवस

58 Shares

नयाँ दिल्ली, 20 अगस्त

भारतीय संविधानको 8 औं अनुसूचिमा नेपाली भाषा शामेल भएको दिनका रुपमा आज भारतमा रहेका नेपाली भाषीहरुले 29 औं नेपाली भाषा मान्यता दिवस मनाएका छन । 20 अगस्त 1991 मा नेपाली भाषाले भारतको संविधानबाट मान्यता पाएको थियो । सिक्किमका तत्कालिन मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारी र पूर्व लोकसभा सांसद श्रीमती दिलकुमार भण्डारीको प्रत्यक्ष योगदान र अन्य कयौं नेपाली भाषीहरुको योगदान र भूमिकाले संविधानमा मान्यता पाएको थियो । विशेषगरि भारतका पूर्वोत्तर राज्यमा नेपाली भाषा धेरै बोलिने गर्दछ । नेपाली भाषा मान्यता दिवसका दिन विभिन्न कार्यक्रम हुने गरेको भएपनि कोभिड 19 महामारीका कारण आज विशेष कार्यक्रम हुन सकेनन । तर कयौं संघ-संगठन र नेपाली अध्यापन हुने विश्वविद्यालयहरुले भने भर्चुअल कार्यक्रम गरि यो दिवस मनाएका छन ।