Trending News

कोरोना कहर चलेको छ, मेरो दिल्ली दौडाहा रोकिएन, यो महासंकट हो की ? संकट मात्रै हो ।

85 Shares

गोविन्द पोख्रेल, कपिलवस्तु
कोरोनाबाट धेरै भयभीत नबनौ । यसबाट बच्ने सुरक्षाका उपायहरु अपनाऔ । पेशा र ब्यवसाय निरन्तर चलाउने बाटो अबलम्बन गरौं । मानिस रोगले हैन, बरु भोकले सिद्धिने निश्चित देखियो । हुने खाने र भएकाहरुले मात्रै बाच्नुपर्छ भन्ने मान्यताबाट माथि उठौ । एचआईभि एड्सलाई जस्तै स्वीकार गरौ । जस्तो हात मिलाउदैमा, अङ्कमाल गर्दैमा र सुरक्षा अपनाएपछि एड्स सर्दैन । त्यस्तै उसको ठिक विपरित दुरी कायम राखेपछि, हरेक कामको अन्त्यमा राम्रोसँग साबुन पानिले हात धोएपछि, नाक र मुखलाई रुमालले भएपनि राम्रोसँग छोपेपछि, सकेसम्म नियमित योगाभ्यास गरेपछि, खानपानमा ध्यान राखेपछि र सुरक्षा अपनाएपछि कोरोना सर्दैन । साथसाथै मानवीय आचरणमा रहेर बाँचौ । कोरोना लागेको विरामीबाट टाढा बसौ, कोरोना लागेको मानिसको लास सदगद गर्नुहुदैन, छुनु हुदैन भन्ने मानसिकता दिल र दिमागबाटै निकालेर फालौ ।

यो संकट मात्रै हो । महासंकट भने हुदै हैन । दिल्लीमा बनाईएका कोरोना अस्पतालहरु सबै बन्द जस्तै छन । अब कोरोना पुष्टि भएको मानिस होम आईसोलेशनमा बसेर यसको कोर्ष पुरा गरिरहेको छ र ठिक पनि भएको छ । तर उ पटक्कै अस्पताल धाउदैन । हो जो दिर्घ रोगिहरु छन, जसलाई यसले बढि असर गर्छ । उनीहरु अस्पतालमा उपचार गराईरहेका छन । भरसक विरामी नै नलागोस, म मेरो आफन्तिलाई भै हाल्यो भने, सुरक्षाका सबै उपायहरु अपनाएर सेवा गरेर बस्ने आत्मविश्वासका साथ दिल्लीबाट नेपाल फर्किन सके र यो सन्देशमुलक अनुभव सबैलाई जानकारीका लागि प्रस्तुत गर्न चाहे ।

भन्छन नी, मजबुरीका नाम महात्मा गान्धी । हो म मजबुर थिए र त अनावस्यक डर र त्रासका बिच दिल्ली जाने योजना बनाए । दिल्ली पुगे सिधै साथीको घरमा । पहिलेका परम मित्र भएपनी अहिले उनी नाता सम्बन्धमा परिणत भएका छन । धेरै ठुलो डर त्रासकै भड्खालोबाट अर्कै दुनियाँ जहाँ दिनदिनै कोरोना विरामीको संख्याको बृद्धिदर बढिरहेको समाचारले मात्र मनमा अनेक आशंका बोकेर दिल्ली पुगेको म, र मेरो सोचाईले उनको घर भित्र पस्ने कि नपस्ने ? म मौन थिए ।
उनको घरमा एउटा तिन वर्षको बालक र अर्को छ वर्षको बालक गरि दुईजना बालक थिए । उनले मलाई मुल ढोका नजिकैको टेबलतिर इशारा गर्दै भने, हात स्यानिटाईज गरेर उ त्यो पल्लो कोठामा जानुस । त्यहि कोठाभित्र रहेको बाथरुममा फ्रेस भएर आउनुस ।
म न्वाईध्वाई गरेर बाहिर निस्कदा खाना तयार थियो । खाना खाइसकेपछि मित्रले गफिदै भने, हेर्नोस हामीलाई यो कोरोना भईसकेर पनि ठिक भईसकेको हुनुपर्छ । तर मेरो डर र त्रासको केन्द्र थिए ति दुईबटा साना बालकहरु । मैले प्रश्न गरे, हैन त्यो त ठिकै हो । तर यी बच्चाहरुसँग त डराउनु पर्यो नी हैन, र ?

उनको उत्तर सुनेर बडो आश्चर्य लाग्यो । भेना, ल भन्नुस–संसारमा १२ वर्ष मुनिको कुनै एक जना बच्चा कोरोनाले मरेको रेकर्ड छ ? उल्टै म माथी तेर्सिएको मित्र नरेन्द्र खनालको प्रश्नरुपि यो सन्देशले म आश्चर्य चकित भएको मात्रै के थिए, उनले थपे बच्चाहरुको जुनसुकै भाइरसहरुको विरुद्धमा प्रतिरक्षा प्रणाली अर्थात इम्युनिटी सिस्टम भरपुर काम गर्न लायक हुन्छ । त्यसैले म ढुक्क छु, अब हजुर पनि ढुक्क हुनुस । म ढुक्क भए, दिल्लीमा रहेका केहि सामाजिक व्यक्तिहरुसँगको भेटघाट तिब्र गर्दै अघि बढे ।

दिल्ली पुरै पुरानै अवस्थामा फर्किएको थियो । सभा सम्मेलनहरु ठप्प थिए । मेट्रो रेल बाहेक यातायातका सबै साधनले बाटोहरु जाम भएका दृश्यहरु पनि रमणीय नै देखिन्थे । सिनेमा हल र स्कुल कलेज बाहेकका सबै पेशा व्यवसायमा मानिस धमाधम व्यस्त देखेर अर्कै आनन्द महसुस भै रहेको थियो । आफु कार्यरत शिवशक्ति रोडलाईन्सको अफिसमा जादा देखेको र त्यहाँ काम गरिरहेका मजदुरहरुको कार्यशैलीले म अझै शसक्त भैरहेको महशुस गरिरहेको थिए । सामान लोड अनलोडमा व्यस्त मजदुरहरु, बुकिंग र डेलिभरीका लागि ठेला रिक्साका तातिहरुको विचमा ती मजदुरहरुले न त मास्क नै प्रयोग गरेका थिए, न उनीहरुलाई कुनै भय, डर या त्रासको भान नै थियो । केवल मस्त थिए त केवल काम गर्नमा मात्रै ।
साझ शिवशक्तिका साहुजी देवेन्द्र माल्या(कुँवर) को घरमा प्रवेश गरे सबभन्दा सानो छोरी माधुरीले नमस्कार मात्र गरिनन। काखमै आएर कुरा गर्न थालिन । छोराछोरीहरुसँग रमाइरहँदा दिनहरु वितेको पत्तै भएन ।
यसैविच हाम्रा आदरणिय व्यक्ति नेजस भारतका अध्यक्ष बालकृष्ण पाण्डे र परम आदरणिय मित्र डाक्टर सागर पौडेललाई एकैदिन नेशनल लाईव टिभिको स्टुडियोमा उपस्थित गराएर अन्तरवार्ताको एउटा अंश सम्पादन गरे ।

दिल्लीको अवस्था त्यहाँको भिडभाडलाई सामाजिक सञ्जाल फेसबुक मार्फत साझा गर्दै अब नेपालमा पनि लकडाउन बढाउने हैन कम गर्नुपर्छ भन्ने सन्देश ब्यापक बनाउने प्रयास गरे । फेरी केहि समयपछि एभरेष्ट चेम्बरका धेरै साथीहरुलाई सम्पर्क साधे र विभिन्न स्थानहरुमा भेट्ने मौका बाट चुकिन । साथीहरुलाई भेट्ने गफिने मौकालाई पनि अवसरको रुपमा लिए । केहि समयपछि चेम्बरका महासचिव योगागुरु मोहन कार्किलाई स्टुडियो सम्म उपस्थित गराएर अन्तर्वार्ता सम्पादनको कार्य सम्पन्न गर्न भ्याईयो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेकोले यता लकडाउनको अवस्था पहिले भन्दा कडाइका साथ बढि शसक्त भएको खबर आयो । रुपन्देहीको बुटवल शहरमा त कर्फ्यु नै लागेको समाचारले अब तत्काल नेपाल फर्कनुको कुनै तुक छैन भन्ने लाग्यो । यो अवस्थाले श्रृजना गरेको समय कसरी व्यतित गर्ने ? हुन त मलाई गारो थिएन नेशनल लाईवको स्टुडियोमा समाचार बोलेर र आफु कार्यरत शिवशक्ति ट्रान्सपोर्टमा काम गरेर दिन निकाल्थे । तर मित्रद्वय नरेन्द्र खनाल र विराज शर्माले हरिद्वार देहरादुनको यात्रा पो तय गर्नु भएछ । नरेन्द्रले भेना, ल उत्तराखण्ड गएर आउ, अब हजुरको १० दिन जावाई हुदैन नेपाल भन्नु भो ।

म पनि तयार भए, पतञ्जली योग पिठको एउटा युनिट जहाँ कार्यरत मित्र सिए सुमन झा लाई भेटौ भनेर त्यो युनिट मा भित्र पुग्यौ । झा सँगको कुराकानीको दौरान वहाँ कार्यरत रहेको युनिटभित्र करिव १० हजार जना मानिसले काम नगरेको एक दिन पनि गएन रे ! झाले भन्नुभयो, अझै यो लकडाउनको समयमा पतञ्जलीले त ठुलै प्रगति गर्यो, काम एकदिन रोकिएन । सबैले यो युनिटमा पसेपछि विहान दुईबटा कोरोनिलका गोलि खान्छन अनि काम गर्छन । कसैलाई कोरोना भएको छैन ।

हरिद्वार शिवकी पौडी गएर आफुलाई शुद्ध पार्यौ र लाग्यौ देहरादुनतिर,  अर्कोदिन दिल्ली फर्कने सोचका हामीलाई के थाह ? कोरोनाकालको समय होटेलहरु बन्द जस्तै थिए । साथि विराजले शाही सँग सम्पर्क साधी सक्नु भएको रहेछ।  पछि बताउँदै भन्नु भयो । शाहीले ब्राम्हण देवता आएका नेपालबाट अन्त हैन यतै आउनु भन्ने सन्देश थियो । देहरादुनको शाही निवास सुर्य विक्रम शाहीको घर चन्द्रवनीमा डेरा जमायौ । शाही ठाँटबाटमा रहेका शाहीको अगाडी हाम्रो के चल्थ्यो र ? दुई दिनमा फर्किने सोचका हामीलाई वहाँले चार दिन सम्म राख्नुभयो ।

दिल्लीबाट आएका भनेर सुचना दिएभने बस्नुपर्ला नी एक हप्ता मेरै घरमा होेम क्वारेन्टाईन, ठट्टा गर्दै शाहीले सबैलाई हसाउनुभयो । देहरादुनमा रहेका आफन्ती साथीभाइहरु सबैसँग भेटघाट गर्यौ । संयोगले म मेरो ससुराली सम्म जान भ्याए । जेठान दाई शेखर खनालको घरमा गयौ । शाहीज्यूलाई सबैले चिन्नु भो । ससुरा बुबा ९२ वर्षको बालकृष्ण खनालसँग भेट हुनु मेरो पनि सौभाग्य थियो ।  देहरादुनमा जानै गारो तर त्यहापनि कामकाजका सबै पेशा व्यबसायमा मानिस रमाएकै देखियो ।

देहरादुनपछि हरियाणाको सोनिपत सम्मको यात्रा तय गरियो । सन्ताषी बाबाको आश्रममा के. बी. थापासँगको रमाईलो भेटघाट पनि भयो । दिल्ली फर्केर नेशनल लाईव मार्फत दिल्ली, नोएडा र गुडगाँवका साथीहरुको विचमा दिल्ली एनसीआर लाईभ दोहारीको कार्यक्रम सम्पादन गरियो । यो कार्यका लागि साथ दिने ललित जी. सी., देवेन्द्र कुँवर, राम गहतराज, राजु न्यौपाने, नरेन्द्र खनाल, इन्द्रकमल जैरु र गुञ्जन ठाकुर सबैप्रति कृतज्ञ छु । यो यात्राका धेरै अंश आउन अझै बाँकी छ । फेरी अर्को आलेखमा समेट्ने वाचा गर्ने पंक्तिकार पोख्रेल नेशनल लाईवका सम्पादक हुन ।