Trending News

सभामुख र पाकिस्तानी राजदूत बिच शिष्टाचार भेटवार्ता

3 Shares

काठमाडौं,15 सेप्टेम्बर 2020

नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्नुभएको छ। आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्किन लाग्नुभएका जाबेदले सभामुखको कार्यकक्षमै गएर सभामुख सापकोटासँग शिष्टाचार भेट गर्नुभएको हो। भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको थियो। भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। दुई देशबीचका संसदको सहकार्य बढाउँदै संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने उहाँले बताउनुभयो। राजदूत जावेदले गृहमन्त्री रामबहादुर थापा बादल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका व्यक्तित्वसँग पनि विदाई भेट गर्नुभएको छ ।