Trending News

मार्मिक दशैं गित “आमा तिम्रो न्यानो काख’ सार्वजनिक, अत्यधिक रुचाइँदै (भिडीयो)

63 Shares

नयाँ दिल्ली, 17 सेप्टेम्बर 2020

नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा अत्यन्तै मार्मिक दशैं गित “आमा तिम्रो न्यानो काख’ सार्वजनिक भएको छ। भारतको राजधानी दिल्लीमा छायाङकन गरिएको म्युजिक भिडियो हिम सम्झौता म्युजिक प्रालिद्वारा सार्वजनिक गरिएको हो ।

चर्चित लोकदोहोरी गायिका सन्ध्या बुढा (काउली बुढी)र गायक गोबिन्द पौडेलको आवाजमा सजिएको गितले युट्युबमा निकै रुचाइएको छ । परदेशीएको छोरा र आमाको कथामा आधारित रहेको यस म्युजिक भिडियोमा गायक गोबिन्द पौडेलको शब्द र हरि पाण्डेको लय रहेको छ । यस गीतमा संगीत संयोजक बिनोद बाजुरालीको रहेको छ भने ध्वनी मिश्रण खडक बाजुराली, रेकर्डिष्ट बिमाल छिनाल, राजेन्द्र बाजुरालीको रहेको छ।

यस म्युजिक भिडियोको निर्देशन गायक स्वयं गोबिन्द पौडेलले गरेका हुन भने छायांकनमा अमित गजवानी र भिडियो सम्पादन लुमिनोस पोष्टवर्कले गरेका हुन। गीतको कथा अर्घाखाँची जिल्लाको मालारानीका मोडेल श्रीकृष्ण घर्ति मिरेले भरेका छन् भने गीतमा अभिनय पनि घर्ति र मोडेल सरु केसीको रहेको छ।