Trending News

जापानमा लिभिङ टुगेदरमा बस्दै आएका एक नेपाली विद्यार्थीद्वारा आत्महत्या, कारण अस्पष्ट

29 Shares

जापान,  9 अक्टोबर, नुना कुँवर

जापानको नागोयामा एक नेपाली बिद्यार्थिको असामायिक निधन भएको छ। अध्ययनका लागि आएका ओखलढ़ुंगा जिल्ला घर भएका विशाल बास्तोलाको निधन भएको हो। उनले सेप्टेम्बर 23 तारिख राति आफ्नै कोठामा पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए । घटनापछि नागोया एकीसाईकाई अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको बिहिबार निधन भएको हो। जानकारीका अनुसार बास्तोला नागोयाको ओताबासी बस्दै आएका थिए । विद्यार्थी भिसामा आएका बास्तोला अर्का एक युवति सँगै लिभिङ टुगेदरमा रहँदै आएका थिए । उनिहरु बिच असमझदारी भएको भन्ने बताईए पनि आत्महत्याको स्पष्ट कारण भने अझै खुल्न सकेको छैन। स्थानिय प्रहरीले घटनाको अनुन्सधान जारी राखेको छ । बास्तोलालाई अचेत अवस्थामा उनिसँगै बस्दै आएकी शर्मा थर भएकी युवतीले अस्पताल लगेकी थिईन।