Trending News

नेपालमा कोरोनाविरुद्धको लडाईमा गुर्जोको प्रयोग बढ्यो, डाक्टरहरुको सुझाव पनि गुर्जो

20 Shares

काठमाण्डौं, 14 अक्टूबर 2020

विश्व कोरोना भाइरस (कोभिड-१९) का कारण अस्तव्यस्त छ। कोभिड संक्रमणको दरपनि बढ्दै गएको छ। विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन। तर अहिले सम्म कुनै तात्विक परिणाम आउन सकेको छैन। त्यसैले कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ। मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ। त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो। नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ। हरेक पसलमा गुर्जो विक्री गर्न राखिएको पनि देखिन्छ। विज्ञ डा. ऋषिराम कोइराला पनि रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउनुहुन्छ। गुर्जो दैविक काल देखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको बताउनुभयो। रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र सरिरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थितगर्ने गुण गुर्जोमा हुने उहाँले बताउनुभयो।

गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेलर खान सकिन्छ। डा. कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्क्रालाई थिचेर पानीमा उमालि छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एकचम्चा सम्म खान सकिन्छ। कोभिड १९ संक्रमणसँग लडनका लागि पनि गुर्जो प्रभावकारी हुने उहाँले बताउनुभयो। त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीनपटकसम्मखान सक्ने उहाँको भनाई छ। गुर्जो गर्भवति महिला र गम्भिर प्रकृतिका विरामीहरुले समेत खान नहुने डा. कोइरालाले बताउनुभयो। तर यो सबै उमेरकाले खान हुने पनि उहाँले बताउनुभयो