आजदेखि भारतका कयौं राज्यमा विद्यालयहरु खुल्ला, अभिवावकको अनुमति अनिवार्य

भारत, 19 अक्टूबर 2020
आजदेखि भारतका कयौं राज्यमा विद्यालयहरु खुल्ला भएका छन। पंजाब, उत्तर प्रदेश, हिमाचल प्रदेश र सिक्किमका सरकारहरुले विद्यालयहरु खुल्ला गरेका हुन। तर दिल्ली, कर्नाटक, छत्तीगढ़ र महाराष्ट्र राज्यले भने अहिले विद्यालयहरु नखोल्ने फैसला गरेका छन। भारतमा कोभिड महामारीका कारण गत 13 मार्चदेखि विद्यालयहरु बन्द छन। भारतको केन्द्री शिक्षा मन्त्रालयले 15 अक्टोबरदेखि क्रमबद्ध रुपले विद्यालयहरु खुल्ला गर्नका लागि आवश्यक दिशा-निर्देशहरु जारी गरेको थियो। सरकारले अहिले कक्षा -9 देखि 12 सम्मका विद्यार्थीहरुका लागि विद्यालय खुल्ला गरेको हो। विद्यालय पठाउनका लागि अभिभावकहरुको लिखित सहमति अनिवार्य गरिएको छ।