Trending News

जापानको टोक्योमा कुटपिट गरेको आरोपमा 2 नेपालीहरु पक्राउ, 3 नेपालीहरु घाइते

0 Shares

टोक्यो, 22 अक्टोबर, नुना कुँवर

जापानमा कुटपिटमा संलग्न भएको आरोपमा दुइ नेपालीहरु पक्राउ परेका छन । जापानी सञ्चार माध्यमका अनुसार राजधानी टोक्योमा कुटपिट गरेको भन्दै उनिहरुलाई पक्राउ गरिएको जनाइएको छ । गत सेप्टेम्बर 24 तारिखका दिन टोक्योस्थित सिन्जुकु वार्डमा रहेको एक नेपाली रेष्टुरेण्टमा अन्य 3 जना नेपाली ग्राहकहरुमाथि कुटपिट गरेको अभियोगमा 27 वर्षिय टम गुरुङ र 34 वर्षिय निर्मल सापकोटालाई हिरासतमा लिइएको हो । उनिहरुको कुटपिटका कारण अन्य 3 जना नेपालीहरुलाई चोटपटक लागेको थियो । पुलिसका अनुसार पक्राउ परेका दुवैजना अभियुक्तहरु टोक्यो ब्रदर्श नामक ग्रुपमा पनि आवद्ध रहेको उल्लेख गरेको छ ।