ब्रिटेनमा कोरोना संक्रमणको नयाँ प्रहारले नयाँ उचाई कायम, एकैदिन 53 हजारबढि संक्रमित

नयाँ दिल्ली, 30 डिसेम्बर 2020
ब्रिटेनमा कोरोना भाईरस संक्रमणले नयाँ उचाई कायम गरेको छ । लगातार कोरोना भाइरस संक्रमित बढिरहेको ब्रिटेनमा संक्रमित संख्याले नयाँ उचाई छोएको हो । मंगलबार एकैदिन ५३ हजार जना भन्दा बढीमा संक्रमण प्रमाणित भएपछि नयाँ रेकर्ड कायम भएको हो। त्यस्तै मंगलबार संक्रमणका कारण ४ सय १४ जनाको मृत्यु भएको छ। यसअघि ब्रिटेनमा सबैभन्दा धेरै ४१ हजार संक्रमित फेला परेका थिए भने मृतक संख्या ३ सय ५७ थियो। परीक्षणको संख्या बढेकाले यतिधेरै संक्रमित फेला परेको मानिएको भएपनि क्रिसमस सप्ताहमा संक्रमण फैलिने क्रम तीब्र हुनुलाई पनि कारक मानिएको छ। बेलायतमा पछिल्लो समय झनै बढी संक्रामक क्षमता भएको कोरोना भाइरस फेला परेको छ। भाइरस फेला परेसँगै विश्वका धेरै मुलुकले उसँगको हवाईसेवा र आवतजावतमा प्रतिबन्ध घोषणा गरेका छन्। यो भाईरस अन्य कयौं मूलुकहरुमा फैलिसके छ । भारतमा यो भाईरसका 6 वटा मामिला फेला परेका छन ।