Trending News

भारतमा कोरोनाविरुद्धको खोप अभियान जारी, पहिलो दिन झण्डै 2 लाखले लगाए खोप

0 Shares

नयाँ दिल्ली, 17 जनवरी 2021

भारतमा कोरोनाभाइरस विरुद्धको खोप  अभियानको पहिलो दिन शनिबार 1 लाख 91 हजार भन्दा धेरैलाई खोप लगाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरि एकसाथ उद्घाटन गरेको खोप अभियानको पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीले खोप लगाएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। नयाँ दिल्लीस्थित एम्स अस्पतालका सफाइ कर्मचारी मनीष कुमारलाई पहिलो खोप दिइएको थियो।

पहिलो दिन खोप लगाउन तीन हजार ३५१ शिविर चलाइएको थियो। मन्त्रालयले खोप अभियानको पहिलो दिन सफलतापूर्वक खोप लगाइएको भनेको । यो खोप लगाएका कोही पनि व्यक्तिलाई अस्पताल भर्ना गर्न नपर्ने दाबी गरेको छ। तर, दिल्लीमा खोप लगाउने केही व्यक्तिहरुलाई एलर्जीको लक्षण देखिएको थियो।

यसैबिच स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले पहिलो दिनको खोप अभियानपछि राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरुसित अभियानको समीक्षा गर्नु भएको छ । उहाँले खोपबारे फैलाईने भ्रमलाई रोकेर यसबारे सही सूटना प्रवाह गर्न आग्रह गर्नुभयो ।

भारतले दुई वटा खोप कोविशिल्ड र कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। भारतको केन्द्र सरकारको योजना अनुसार पहिलो चरणमा सफाइ कर्मचारी, चिकित्सक र नर्सलाई कोरोना खोप दिइरहेको छ। त्यसपछि अन्य व्यक्तिलाई दिइने जनाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो चरणमा तीन करोड व्यक्तिलाई खोप लगाउने र त्यसको सबै खर्च केन्द्र सरकारले बेहोर्ने बताउनु भएको छ।