Trending News

आईसीसीले जारी गरेको नयाँ टी–२० वरीयतामा यस्तो छ नेपालको स्थान

0 Shares

काठमाण्डौ, 15 फेब्रुअरी 2021

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० वरीयता सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ टी–२० वरीयतामा नेपाल यथावत् रहन सफल भएको छ। आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल १५औं स्थानमा रहेको हो। यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो। नेपालको टी–२० मा ११औं स्थान सर्वाधिक उच्च वरीयता हो। एसोसिएट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड र यूएई छन्। यूएई १३औं र स्कटल्याण्ड १४ औं स्थानमा छन्। नेपाल एकदिवसीय वरीयतामा १७औं स्थानमा रहेको छ। टी–२० वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ। यस्तै, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, श्रीलंका, बंगलालेश, अफगानिस्तान र वेस्ट इण्डिज क्रमशः तेस्रोदेखि १०औं स्थानमा छन्।