Trending News

समसामयीक राजनीति सम्बन्धि रविन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ बिमोचन

0 Shares

काठमाण्डौ,10 अप्रैल 2021

विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समसामयीक राजनीति माथि विवेचना गरिएको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक गर्नुभएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुस्तकको बिमोचन गर्नुभयो । पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाउनु भएको छ । नेपाली राजनीतिको दुरगामी लक्ष र अहिले भइरहेको अभ्यास विरोधाभाषपूर्ण रहेको टिप्पणी पुस्तकमार्फत गर्नुभएको छ। राजनीतिक कार्यकर्ता, राजनीतिक दल, सरकार र समाजको मनोविज्ञानले संविधानको प्रस्तावमा उल्लेख भएका नेपालको दृस्य पुरा हुन असम्भव रहेको निष्कर्ष दिनुभएको छ । कार्यक्रममा पुस्तकबारे र समसामयिक राजनीतिबारे डा. भट्टराई र डा. वाग्लेले चर्चा गर्नुभएको थियो ।