Trending News

कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

0 Shares

काठमाण्डौ, 29 मे 2021

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । अध्यादेश मार्फत आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोभिड उपचार र नियन्त्रणका लागि लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको जनाउनुभएको हो । उहाँले सरकारले महामारीको उपचार को भरपर्दौ व्यवस्था गरि सबै नेपालीलाई खोपको सुनिश्चितताको लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

कोभिड उपचारका लागि अक्सिजन प्लाण्ट लगायत आवश्यक पर्ने सम्पुर्ण कामका लागि आजश्यक बजेट व्यवस्था गरिएको छ । १ सय शैया भन्दा बढी अस्पतालमा आफ्नै अक्सिजन प्लाण्ट स्थापनाका लागि सरकारले सहयोग गर्ने भएको छ । सरकारले कोभिड उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि ४ अर्ब विनियोजन गरेको छ । त्यसैगरी कोभिड उपचारमा संलग्न चिकित्सक , स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिईने भएको छ । कोभिड संक्रमितकाका लागि सबै प्रकारका अस्पतालबाट उपचार हुने व्यवस्था गरिने पनि मन्त्री पौडेलले जानकारी दिनुभयो ।

संघीय संसदमा पेश गर्न संभव नभएको पनि अध्यादेश मार्फत सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याएको हो । यसअघि सनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएको थियो । संसद नभएपछि सरकारले संविधानमा भएको व्यवस्था अनुसार अध्यादेशमार्फत बजेट ल्याएको हो । संविधानमा हरेक बर्ष जेठ १५ गते आगामी आर्थिक बर्षका लागि बजेट ल्याउनुपर्ने व्यवस्था छ ।