Trending News

निषेधाज्ञा अवधीभर खाद्यान्न खरिद, ग्यास र विद्युत महसुलमा छूट

0 Shares

काठमाण्डौ, 29 मे 2021

सरकारले कोभिड १९को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा अवधीभरका लागि सरकारी संस्थानबाट खरिद गरिने खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टेडिङ कम्पनीबाट खरिद गरिने खाद्यान्न लगायत खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने भएको हो । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यी दुई संस्थाबाट खरिद गर्ने, चाम, पिठो,दाल, नुन ,चिनी लगायत खाद्यबस्तु र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने गरि आवश्यक बजेटको व्यवस्था गरिएको बताउनुभयो । त्यसैगरी, निषेधाज्ञा अवधिभर प्रति महिना २० युनिट मात्र बिजुली खपत गर्नेलाई महसुलमा छुट दिईएको छ । २० युनिट प्रतिमहिना खपत गर्नेलाई पुरै महसुल छुट दिने, १ सय युनिट सम्म प्रयोग गर्नेलाई ५०प्रतिशत र २ सय युनिट सम्मको लागि २५ प्रतिशत महसुल छुट दिईने भएको हो ।