Trending News

असार १ गतेबाट विद्यालयस्तरीय कक्षा संचालन गर्ने नेपाल सरकारको तयारी

0 Shares

काठमाण्डौ, 7 जुन 2021
सरकारले आगामी असार १ गतेबाट बिद्यालयस्तरीय कक्षा संचालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु सँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । शैक्षिक सत्र संचालन र ब्यबस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यबिधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ । यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्मासँग आगामी शैक्षिक सत्र कसरि संचालन हुन्छ कस्तो व्यवस्था गरिएको छ भनेर हामीले सोधेका छौं । कुराकानीमा प्रवक्ता शर्माले बिद्यार्थीको सिकाईलाई रोक्न नहुने भएकोले भौतिक रुपमा पठन पाठन गर्न सम्भव नभए पनि बैकल्पिक माध्यमबाट सिकाईलाई निरन्तरता दिन शैक्षिक सत्र सुरु गर्न लागेको बताउनु भयो । बिद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिनसकुन भन्ने मन्त्रालयको निष्कर्ष रहेको छ । बिद्यार्थीको परिक्षा मुल्यांकन गर्ने विभिन्न बिधि प्रक्रिया अपनाउन स्थानीय सरकार र बिद्यालय स्वयमले निर्णय गर्न सक्ने पनि प्रवक्ता शर्माले बताउनु भयो । पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरि ब्यबस्था मिलाउने प्रवक्ता शर्माले बताउनु भयो ।