Trending News

बेलायतको खाल्सा एड ईन्टरनेशनलद्वारा नेपाललाई 150 थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

0 Shares

काठमाण्डौ, 12 जुन 2021

बेलायतमा रहेको खाल्सा एड ईन्टरनेशनलले नेपाललाई कोभिड राहतअन्तर्गत एक सय ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।शनिवार काठमाण्डौमा पत्रकार सम्मेलन गरि नेपालस्थित् ‘कन्ट्रिव्युसन फर नेपाल’ संस्थासँगको सहकार्यमा उक्त सामाग्रीहरु वितरण गरिने जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा खाल्सा एड इन्टरनेश्नलका नेपाल स्थित कार्यक्रम संयोजक देवेन्द्र सिंहले आफुहरुले विपद्का घटनामा राहतको काम गर्दै आएको बताउनु भयो । अहिले कोरोना महामारीको बेलामा नेपालमा अक्सिजनको चरम अभाव भएको थाहा पाएपछि अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताउनु भयो । यसको साथै खाल्सा एड ईन्टरनेशनलले २ हजार जनालाई खानाको प्योकटको पनि व्यवस्था बताएको छ । नेपालमा भूकम्प गए पछि राहत र उद्धारको लागि खाल्सा एड ईन्टरनेशनलले सहयोग गरेको कार्यक्रम संयोजक देवेन्द्र सिंहले बताउनु भयो । अहिले पनि द्वन्द्वग्रस्त सिरियामा पनि उद्धार र राहतको काम गर्दै आएको बताउनु भयो ।