Trending News

पशुपतिनाथमा बलिउड कलाकार अनुपम खेर

0 Shares

काठमाडौं, 5 अक्टुबर 2021

भारतका बलिउड कलाकार अनुपम खेरले मंगलबार पशुपतिनाथ मन्दिरमा पुजा गरेका छन । अनुपम खेर चलचित्र ‘उचाई’को छायांकनका लागि मंगलबारै काठमाडौ पुगेका हुन । खेरले ‘पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गर्न पाउँदा आफू भाग्यमानी भएको बताएका छन । सो चलचित्रको छायांकनका लागि अनुपमसंगै बोमन इरानी, परिणिती चोपडा लगायतका कलाकार ४० दिनको सेड्यूल लिएर नेपाल पुगेका छन। अनुपमले सबै मानिसको स्वस्थ जीवनका लागि पशुपतिनाथमा पुजा गरेको उल्लेख गरेका छन् ।