Trending News

फाइनान्स कम्पनीको टोलीले गाडी लिन थालेपछि आफ्नै कार मालिकले लगाए कारलाई आगो, भने- अब लैजानुहोस्

0 Shares

11 नवम्बर 2021

भारतको ग्वालियरमा कार मालिकले आक्रोशमा पेट्रोल खन्याएर आफ्नै कार जलाएका छन् । यो घटना बुधबार साँझको गोलाका मन्दिर भिण्ड रोडको हो । उनले कारका लागि आर्थिक सहयोग गरेका थिए तर किस्ता नतिरेपछि रिकभरी टोलीले कार उठाएको थियो । टोलीले कार लैजाँदै गर्दा कारका मालिक आए र उनको हातमा पेट्रोल भरेको बोतल थियो । त्यहीँ गाडीमा आगो लगाए र कार केही बेरमै आगोको गोला बन्यो । प्रहरी र दमकलले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिए तर गाडी पूर्णरुपमा जलेको थियो ।