Trending News

टाइगर श्राफको फिल्म ‘गणपत’ ७० दिनसम्म सबैभन्दा लामो खिचिएको फिल्म

0 Shares

12 नवम्बर 2021

यतिबेला टाइगर श्राफ इंग्ल्याण्डमा आगामी फिल्म ‘गणपत’ को सुटिङ गरिरहेका छन् । यो उनको करियरको ७० दिनसम्म खिचिएको सबैभन्दा लामो फिल्म हो । यसअघि उनले ‘हिरोपन्ती २’ को लागि इंग्ल्याण्डमा पनि सुटिङ गरेका थिए ।‘गणपत’सँग सम्बन्धित स्रोतले यसको कथा ६९ वर्ष अगाडिको रहेको जनाए । फिल्ममा भविष्यका सहरहरू देखाइने भए पनि अहिले लाइभ लोकेशनमा छायांकन भइरहेको छ । यसको कथा भारतदेखि चीनसम्म जानेछ । यसको छायांकन इंग्ल्याण्डको स्टुडियोमा पनि भइरहेको छ । यसलाई चाइनिज रेष्टुरेन्टको आकार दिइएको छ । टाइगरको चरित्र उनको मेन्टरको रुपमा देखिनेछ ।