Trending News

बलिउड अभिनेत्री कंगना रनौत  फेरी विवादमा, अभिनेत्रीविरुद्ध प्रहरीमा उजुरी दर्ता

0 Shares

12 नवम्बर 2021

बलिउड अभिनेत्री कंगना रनौत  फेरी विवादमा परेकी छिन्। आफ्नै अभिव्यक्तिका कारण बारम्बार विवादमा आइरहने बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध आम आदमी पार्टीकी एक नेताले उजुरी हालेकी छिन्। यसअघि भारतीय कांग्रेसले पनि उनको अभिव्यक्तिको व्यापक विरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अभिनेत्री​ कंगनाले भारतको स्वतन्त्रतालाई भिखको संज्ञा दिएकोमा उनको भनाईलाई देशद्रोही अभिव्यक्ति भन्दै आम आदमी पार्टीकी कार्यकारिणी सदस्य प्रिती शर्माले मुम्बई प्रहरीमा उजुरी हालेकी हुन् । यसअघि उनको अभिव्यक्तिमा समर्थन जनाउने गरेको भारतीय जनता पार्टीका नेतारकार्यकर्ताले पनि पछिल्लो समय विरोध गर्न थालेका छन् ।