Trending News

भारतीय प्रधानमन्त्री मोदीले गरे तीन वटा कृषि कानुन फिर्ता लिने घोषणा, केहि किसानलाई सम्झाउन नसकेको भनाई  

0 Shares

काठमाडौं, 19 नवम्बर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै तीन वटा कृषि कानुन फिर्ता लिने घोषणा गर्नुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले हाम्रो सरकारले केहि किसानहरुलाई कृषि कानुनबारे सम्झाउन असफल भएको हुन सक्छ, त्यसैले आफुले सो कानुनलाई फिर्ता लिन घोषणा गरेको बताउनुभयो। किसानहरुको एक वर्षभन्दा लामो आन्दोलनपछि भारत सरकारले तीन वटै कृषि कानुन फिर्ता लिने घोषणा गरेको हो । सो कानुन फिर्ता लिन माग गर्दै किसानहरुले एक वर्षदेखि आन्दोलन गर्दै आएका छन । मोदीले तीन वटै कृषि कानुन फिर्ता लिने घोषणा गर्दै सरकारले तीन वटै कृषि कानुनलाई फिर्ता लिने निर्णय गरेको बताउनुभयो । उहाँले यसै महिनाको अन्त्यमा सुरु हुने संसद सत्रमा तीनै कृषि कानुनलाई रद्द गर्ने संवैधानिक प्रक्रियालाई पूरा गर्ने बताउनुभएको छ। तीन वटै कृषि कानुन फिर्ता गर्ने सरकारको  घोषण पछि आन्दोलनरत किसानहरुले सो निर्णयको स्वागत गर्नुका साथै संयुक्त किसान मोर्चाले तत्काल आन्दोलन अन्त्य नहुने भन्दै मोर्चाको जारी विज्ञप्तिमा प्रधानमन्त्री मोदीको उक्त घोषणा कार्यान्वयनमा नजाउन्जेलसम्म आफूहरुले आन्दोलन अन्त्य नगर्ने उल्लेख गरेको छ ।