Trending News

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात भएको पाँचौ पनि सचेतना मुलक र्याली

0 Shares

काठमाडौं, 29 नवम्बर 2021

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात भएको पाँचौ दिनको अवसरमा सोमबार पनि सचेतना मुलक र्याली निकालिएको छ । लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार काठमाडौको माइतीघर मण्डलामा सचेतनामुलक ¥याली निकालिएको हो । ¥यालीमा लैंगिक समानता हाम्रो माग होइन अधिकार हो, महिलाको कामको सम्मान देशको निर्माण, सबै श्रमिकका लागि सामाजिक सुरक्षा लागू गर, महिला दोस्रो दर्जाका होइनन् लगायत  प्लेकार्ड प्रदर्शन गरिएको थियो । कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी डा.रेणु अधिकारीले महिलाहरु नेतृत्वमा नपुगेसम्म महिला हिसां अन्त्य हुन नसक्ने उहाँले बताउनुभयो ।  उहाँले महिला हिसां घरबाट नभई पहिला राजनीतिबाट अन्त्यहुनुपर्ने र त्यसपछि घरबाट अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले अबको अभियान महिलाको पहिचान स्थापना, महिलाको श्रममाथि सुनिश्चितता, र महिलाको शरीरमाथि आफ्नो नियन्त्रण गर्ने अभियान हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रत्येक वर्ष मंसिर ९ गते देखि २४ गतेसम्म सचेतना मुलक ¥यालीसहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ । यस वर्षको नारा ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौँ’ राखिएको छ ।