Trending News

‘ए’ डिभिजन लिग फुटबल: मनाङ मर्स्याङ्दी क्लब सातदोबाटो युथ क्लबसँग २–१ गोल अन्तरले पराजित

0 Shares

काठमाडौं, 14 जनवरी 2022

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब सातदोबाटो युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मनाङ मर्स्याङ्दी सातदोबाटोसंग पराजित भएको हो । सातदोबाटोलाई जित दिलाउन मार्टिन एडिल्फे सिलो नाङ्गा र मार्टिन्स अजयीले एक एक गोल गरे । मनाङका आफिज ओलावाले ओलादिपोले एक गोल फर्काए । जितसँगै सातदोबाटोले ९ खेलमा १२ अंक जोडेको छ । सातदोबाटो लिगको छैटौं स्थानमा उक्लिएको छ । मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।