काठमाडौं सेतो पुल नजिक नवजात शिशुको शव फेला

काठमाडौं, 31 मार्च 2022
काठमाडौं धोबीखोला कोरिडोर अन्तर्गत सेतो पुल नजिक नवजात शिशुको शव फेला परेको छ। सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रातो कपडाले छापिएको अवस्थामा स्थानीयले बिहान शव देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।